धनकुटा । ‘चोरको अनेक दाउ’ भनेझैँ धनकुटाको एक गाउँपालिकामा त्यस्तै घटना भएको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका-४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरी गरेको हो ।

चोरले बिहीबार राति नचिनेको समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो लगाएर उनका छिमेकी कृष्ण विशङ्खेको घरमा चोरी गरेको हो ।

आगलागीबाट विश्वकर्माको दुई तले घर जलेर पूर्णरुपमा क्षति हुँदा करिब १ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ भने चोरी भएको विशङ्खेको घरको सामान घरको केही नजिकै फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

आगलागी र चोरीमा संलग्नको खोजी भई रहेको प्रहरीले जनाएको छ ।