एजेन्सी । दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण करिब एक वर्षदेखि कोरियाले विदेशी कामदार लगेको छैन ।

कोरोनाभाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने कोरियाले नयाँ नीति ल्याएको छ । दक्षिण कोरियाले कोरियाका विभिन्न भिसामा पुगी काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहेमा १३ महिनासम्म बस्न पाइने व्यवस्था गरिएको हो ।

लामो समयदेखि विदेशी कामदार नल्याएका कारण कोरियामा कामदारको अभाव हुन थालेको छ । कामदारको अभावलाई पूर्ति गर्न कोरियाले यस्तो रणनीति ल्याएको छ ।