झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला पार्टी कार्यालयमा प्रचण्ड तथा माधव समुहका जिल्ला सचिवको नेतृत्वको टोलीले बन्द गरेको छ ।

नेकपा दुई समुहमा विभाजित भएपछि दुवैपक्षको सहमतिमा बन्द रहेको झापा जिल्ला पार्टी कार्यालयमा केपी समुहले कार्य सम्पादन गरेको बुझिएपछि टोलीले ताला लगाएको हो ।

बिर्तामोडमा रहेको जिल्ला पार्टी कार्यालय शनिवार प्रचण्ड तथा माधव समुहको टोलीले बन्द गरेको जिल्ला सचिव मणिकुमार साम्पाङ (विजय) ले जानकारी दिए ।