सांकेतिक तस्वीर ।

दमक । पानीमा डुबेर झापाको कमल गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउँपालिका वडा नं. ६ का सन्तोष भण्डारीका ६ बर्षिय छोरा सुयोग भण्डारीको डुबेर मृत्यु भएको हो । घर नजिकैको पोखरीमा डुवेर सिकिस्त भएका बालकको शुक्रवार राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रवार बेलुका बजेतिर हराएका बालकलाई राति ७ वजेतिर पोखरीमा डुवेको अवस्थामा फेला पारिएको र दमकको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए । प्रहरीले घटनाका बारे आवश्यक अनुसन्धान शुरु गरेको जनाईएको छ ।