शनिश्चरे । अर्जुनधारा जेसीज शनिश्चरेले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिश्चरे बजारस्थित ज्येष्ठ नागरिक चौतारीमा आयोजित रक्तदान कार्यक्रममा ३ महिलासहित ४५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त संचार सेवाको प्राविधिक सहयोगमा भएको हो ।

जेसीजका अध्यक्ष जीवन खनालको अध्यक्षता तथा रक्तदान कार्यक्रमका संयोजक भक्त गोदार थापाको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम थिए ।

अर्जुनधारा जेसीजका पूर्वअध्यक्ष टीआर गौतमले स्वागत गरेको रक्तदान कार्यक्रम जेसीजको निर्धारित कार्यक्रम रहेको महासचिव प्रेमकुमार खड्काले जानकारी दिए ।