झापा । सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् ।
लामिछाने म्यानेजिङ डाइरेक्टर छन् । उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए। जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए ।
ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायत कार्यक्रम आउने भएको छ ।
प्रदेश १ को व्यूरो प्रमुखमा झापाली पत्रकार राजु पौडेल छन् । उनी यसअघि न्यूज २४ मा झापा व्यूरो थिए ।