बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदैछन् । प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा आउने कार्यक्रम रहेको छ ।

ओलीले बिर्तामोडमा बीएन्डसी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एक वर्षअघि निर्माण सम्पन्न भइ सञ्चालनमा आएको क्यान्सर अस्पतालको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नेछन् ।

त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको देश दौडाहा तीव्र बनेको छ । ओली अस्ति झापा र हिजो पोखरा गएका थिए ।