अर्जुनधारा । झापाको पुरानो बजार शनिश्चरेदेखि उत्तरी खुदुनावारी जोड्ने साढे नौ किलोमिटर सडकको पुनर्निर्माण सुरु भएको छ ।

दुई वर्षअघि नौ करोड रुपैयाँमा यो सडक ठेक्का लागेको थियो । तीव्र विवाद र विरोधपछि सडक पुनर्निर्माण सुरु भएको हो । दक्षिणी इलामलाई झापासँग जोड्ने रणनीतिक महत्वको शनिश्चरे-खुदुनावारी सडक कालोपत्रे नभएपछि स्थानीय रुष्ट भएका थिए ।

जिल्ला प्राविधिक कार्यालय झापाले दुई वर्षअघि काठमाडौँको कञ्चनजङ्घा शेर्पा कञ्चनजङ्घा जेभीसँग सडक निर्माणको सम्झौता गरेको थियो ।