काठमाडौं । नेपालमा कोभिड १९ (नोवल कोरोना भाइरस) विरुद्धको खोप १५ लाख ५५ हजार ४४१ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त गरेको तथ्यांकअनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने लक्ष्य राखेकोमा सो संख्यामा खोप लगाएको बताउनुभयो ।

यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ लक्ष्य रहेकोमा ११ लाख १६ हजार ५३२ रहेको छ ।

अहिलेसम्म निश्चित व्यक्तिहरुलाई दिइएको खोप ६८ प्रतिशतजनाले सेवा लिइसकेको छ । नेपालमा पहिलो खेपको खोप लगाएकाका लागि दोश्रो खेपको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले नेपालमा ल्याउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

उत्पादनभन्दा माग बढी रहेका कारणले दोश्रो पटक लगाउने खोप आउने प्रक्रियामा रहेको उहाँले स्पष्ट पार्नुभयो । दुई पटकसम्म दिइने यस खोप ७० प्रतिशत सुरक्षित रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार खोप लगाएको कार्ड भए विदेशमा जाँदा सजिलो हुनेछ ।