झापा । एक्तेन मुभिज प्रालि बिर्तामोडको आयोजना तथा कन्काई हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोग र माई नगरपालिका वार्ड न. ६ को सहकार्यमा इलामको माइ नगरपालिकाको महमाईमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

माई नगरपालिकाका नगर प्रमुख दिपककुमार थेवेको प्रमुख आतिथ्यता र एक्तेन मुभिजका अध्यक्ष गोपाल एक्तेनको अध्यक्षतामा सम्पन्न शिविरमा माइ नगरपालिका र आसपासका क्षेत्रबाट करिब ३ सय जना बिरामीहरुलाई निशुल्क चेकजाच परामर्श र औषधि वितरण गरिएको थियो।

शिविरमा मुभिजका सचिव नरेन्द्र लिङ्देनले स्वागत र वार्डका अध्यक्ष मुखराज आङ्देम्बे, कन्काई हस्पिटलका सञ्चालक महेन्द्र राई, अभय भुजेल, डा राजेशकुमार महतो, डा धर्मेन्द्र यादव र कोरियोग्राफर राज शेर्माको आतिथ्यता रहेको थियो। वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा राजेशकुमार महतो, वरिष्ठ फिजिसियन डा धर्मेन्द्रकुमार यादव र कन्काइ हस्पिटलका ९ जना चिकित्सकको टोलीले सेवा प्रदान गरेको शिविरमा कलाकार कोरियोग्राफर नृत्य निर्देशक राज सुब्बा लावतीले कार्यक्रम सञ्चालन गरेका थिए ।