झापा । झापाको दमकको वातवरण प्रदूषणको मात्रा ४ दिनअघि जोखिममा देखाएकोमा अहिले सामान्य अवस्थामा पुगेको छ । ४ दिनअघि निक्कै जोखिम देखिएकोमा अहिले सामान्य देखिएको हो ।

दमक नगरपालिकाको कार्यालय अगाडि रहेको वातवरण प्रदूषण मापन गर्ने यन्त्रले वातवरण प्रदूषणको अवस्था १९१ मा देखाएकोमा अहिले त्यो घटेर ८५.७ मा देखाएको छ । यो सामान्य अवस्था हो ।

सामान्यतया वायु गुणस्तर इन्डेक्सको सूचक ५० भन्दा कम भयो भने हावाको गुणस्तर राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म सुरक्षित मानिन्छ । त्यसभन्दा माथि जति धेरै हुन्छ स्वास्थ्यका लागि त्यति धेरै हानिकारक हुन्छ । वायु गुणस्तरको सूचक ३०० भन्दा बढी भयो भने मानव स्वास्थ्यको लागि निकै खतरा मानिन्छ ।

एयर क्वालिटी मनिटरहरूको तथ्याङ्क चाहिँ एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भ्याल्युमा परिवर्तित गरेर कलर कोड गरेर राखिन्छ । पहेलो कोडले वायु प्रदूषणको सामान्य अवस्था मात्र बुझाउँछ ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भ्याल्युमा दमकमा ठुलो परिवर्तन आएको हो । १९१ बाट ८५.७ को हाराहारीमा झरेसंगै वातवरणको अवस्थामा सुध्रिएको देखिएको छ ।