झापा । झापामा आज थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड-५ का एक महिला र एक पुरुष, गौरादह ४ का एक पुरुष तथा भद्रपुर ८ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । आज चारजना थपिएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ४६ सय ४२ पुगेको छ ।

उपचारपछि डिस्चार्ज हुनेको संख्या ४४ सय ९७ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।