काठमाडौँ । कोरोना संक्रमित पत्रकार कमल मिश्रको निधन भएको छ । ४८ वर्षीय झापाली पत्रकार उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो।

बिर्तामोड नगरपालिका-८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए।

भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको गए राति निधन भएको हो । उनी दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए।