झापा । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी वीरता जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित भएका छन् ।

कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक समेत रहनु भएका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले उत्कृष्ट नागरिक घोषणा गर्दै बिर्तामोडमा आज आयोजित कार्यक्रमकाबीच सम्मान गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सम्मानित भण्डारीलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । उत्कृष्ट नागरिक घोषणा भएसंगै पत्रकार भण्डारीलाई झापाका विभिन्न १३१ वटा संघसंस्थाले सामुहिक अभिनन्दन गर्दै सम्मान गरेका थिए ।

वीरता जेसीज बिर्तामोडले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशील एक जनालाई उत्कृष्ठ नागरिक घोषणा गर्दै सम्मान गर्दै आएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताउनुभयो ।