फाइल तस्वीर ।

झापा । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई मंगलबारदेखि दोस्रो डोज लगाइँदैछ । खोप अभियान वैशाख ११ गतेसम्म जारी रहनेछ ।

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने छ ।

खोप अभियान देशभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन् । पहिलो चरणमा कोरोनाविरुद्धको कोभिशिल्ड खोप ४ लाख ३८ हजार ८ सय ७९ जनाले लगाएका थिए ।

यसैबीच, झापाको अर्जुनधारा नगरपालिकाका बासिन्दाका लागि खोप लगाउन स्थान शनिश्चरे अस्पताल तोकिएको छ । भोलि र पर्सी (वैशाख ८ र ९ गते) खोप लगाइने पनि जनाइएको छ ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार माघ १४ देखि २४ गतेसम्म र फागुन २ देखि १० गतेसम्म खोपको पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो खोपको सेवा लिन अनुरोध गरिएको छ ।