झापा । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित सपरिवारलाई कोरोना संक्रमण भएको छ ।

मेचीनगर धुलावारी निवासी नेम्बाङ, उनका श्रीमती र छोराछोरीलाई कोरोना संक्रमण भएको हो । उनीहरु काठमाण्डौँ ललितपुरको धुलाहिटीस्थित घरमा बस्दै आएका छन् ।

नेम्बाङ परिवारलाई बैशाख १ गते नै संक्रमण पुष्टि भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । कोरोना पुष्टि भएपछि परिवारसहित नेम्बाङ होम क्वारेन्टाइनमा रहेका छन् ।