झापा । कोरोना संक्रमणका कारण झापामा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं ६ का ३८ वर्षिय राई थरका व्यक्ति रहेका छन् । उनको उपचारका क्रममा आज बिहान बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । उनी हिजो अस्पताल भर्ना भएका थिए ।

संक्रमित राईको लाश नेपाली सेनाले भद्रपुर ४ स्थित मायालु सामुदायिक वनमा अन्त्येष्टि गरेको भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३० पुगेको छ ।

दोस्रो चरण शुरु भएयता जिल्लामा तीन जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । भद्रपुरमा दोस्रो चरणमा चैत २७ गतेयता १५ जना संक्रमित भएको भट्टराईले जानकारी दिए ।

आज बिर्तामोडका ६ सहित झापामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।