झापा । दमकका ८ सहित मंगलबार झापामा २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा दमकका ४ महिला र ४ पुरुष छन् । त्यस्तै बिर्तामोडका ५ पुरुष, गौरादहका २ महिला, एक पुरुष, कनकाईका १ महिला, २ पुरुष, गौरीगञ्जका १ महिला र झापा गाउँपालिकाका १ पुरुष रहेका छन् ।

जिल्लामा हालसम्म संक्रमितको सँख्या ४८४५, डिस्चार्ज ४५१९, आइसोलेसनमा १९५ जना, कूल संक्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको सख्या १३१ पुगेको छ ।

प्रदेशमा एकैदिन २०२ संक्रमित थपिए
प्रदेश १ मा मंगलबार २०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११४,सुनसरीमा ३३, ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १-१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरी ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २-२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १-१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १-१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १-१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६४६ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९५९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २०५ पुगेको छ । प्रदेश १ मा मंगलबार ७४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।