झापा । झापा गाउँपालिकामा एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं ४ बस्ने अलकास वस्तीका ५५ वर्षिय पुरुष रहेका छन् । मुसलमान समुदायका ती पुरुष दम र चिनी रोगबाट पीडित थिए । उनको अचानक श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि विराटनगरको नोवेल हस्पिटल लगिएको थियो ।

हस्पिटलले उक्त व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि हस्पिटलको सघन कक्षमा उपचार गराईरहँदा उनको गएराति मृत्यु भएको हो । हस्पिटलले उनको कोरोना पोजेटिभका कारण मृत्यु भएको बताएको छ ।

मृत्यु हुने व्यक्ति स्थानिय वासिन्दा हुन् । उनी बेलाबेलामा झापा बजारमा सागसब्जी ल्याएर बेच्ने काम गर्थे ।