बिर्तामोड । कोरोना संक्रमित एक बिरामीलाई उपचारका लागि काठमाडौंबाट बिर्तामोडको बिएण्डसी अस्पताल ल्याइएको छ ।

काठमाडौंमा उपचार गर्न बेड अभाव भएपछि हेलिकोप्टरमार्फत उपचारका लागि बुधबार बिएण्डसी अस्पताल ल्याइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

झापा शिवसताक्षी ८ का घर भई काठमाडौं बस्दै आएका ६८ वर्षीय उप्रेती थरका बृद्धलाई उपचारका लागि बिर्तामोड ल्याइएको हो । काठमाडौंमा उपचार सहज नभएपछि झापा ल्याइएको बताइएको छ ।

यसअघि पनि काठमाडौँबाट उपचारका लागि बिएन्डसी ल्याइएको बताउँदै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले नेपालगञ्जबाट पनि उपचारका लागि ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।