बिर्तामोड । झापामा निषेधाज्ञा अवधिभर जोरबिजोर प्रणालीका आधारमा मात्रै अटोरिक्सा सञ्चालन हुन पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले कोरोना भाइरस संक्रमणको भयावह अवस्था लाई मध्यनजर गर्दै अटो रिक्सामा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले आइतबार रातिदेखि ७ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गएपछि स्थानीय प्रशासनले वैशाख १९ गते आइतबारको मध्यरातदेखि २६ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

समुदाय तहमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।