झापाको व्यापारिक केन्द्र बिर्तामोडस्थित मुक्तिचोकको ड्रोन सट ।

बिर्तामोड । बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिसहित १० जनालाई आज कोरोना संक्रमण पुष्टि भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलालाई कोरोना संक्रमण पुष्टि भएको हो । वडाध्यक्ष संग्रौलासहित उनकी श्रीमतीलाई पनि संक्रमण देखिएको छ ।

एन्टीजेन टेष्टमा दुवैलाई संक्रमण पुष्टि भएको बिर्तामोडको नगर अस्पतालले जनाएको छ ।

बिर्तामोडमा आज ५ महिला र ५ पुरुष गरी १० जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु वडा नं १, ४, ५ र १० का रहेका छन् । अन्य स्थानीय भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक सापकोटाले बताए ।

बिर्तामोडमा कोरोना संक्रमितको सँख्या बढ्दो छ । दुई सातामा ९४ जना सक्रिय संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घण्टामा झापामा ५८ जनामा संक्रमण पुष्टि भएको छ भने झापा गाउँपालिकामा एक बृद्धको कोरोना संक्रमणबाट ज्यान गएको छ ।