बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ पारिजात टोलमा शनिबार दिउँसो भएको ट्रयाक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मे १ त ७००५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ट्रयाक्टरमा मजदुरको रुपमा काम गर्ने बिर्तामोड ३ बस्ने बर्ष २० को बाबू भनिने सन्दिप अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा सख्त घाइते भएका अधिकारीको उपचारको क्रममा २ बजेर ५५ मिनेटमा बिएण्डसी हस्पिटलमा मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।

बालुवा ढुवानी गर्ने ट्रयाक्टर बालुवा झार्ने क्रममा पछाडि सार्दा चक्का खाल्डोमा परि दुर्घटना भएको उनले जानकारी दिए । ट्रयाक्टर चालक बिर्तामोड ३ बस्ने बर्ष २० का अनिल खड्का र ट्रयाक्टर इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।