झापा । पछिल्लो २४ घण्टामा झापाका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३७ जना महिला रहेका छन् । योसँगै झापामा संक्रमितको संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी भद्रपुर नगरपालिकाका २४ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ११ महिला र १३ जना पुरुष रहेका छन् ।

यस्तै, बिर्तामोडमा ७ महिला र ६ पुरुष, अर्जुनधारामा ४ महिला र ४ पुरुष, मेचीनगरमा ४ महिला र ३ पुरुष, कनकाईमा ५ महिला र २ पुरुष, गौरादहमा २ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाईंका अनुसार बुद्धशान्ति गाउँपालिकामा २ महिला र १ पुरुष, हल्दिबारीमा १ महिला र १ पुरुष, गौरीगञ्ज, कचनकवल र शिवसताक्षीमा १-१ जना पुरुष तथा बाह्रदशीमा एक जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यो संक्रमणसँगै झापामा ५ हजार ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ । सक्रिय संक्रमितको संख्या ४१० जना रहँदा निको भएर फर्किनेको संख्या ४ हजार ५२९ रहेको छ । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३४ पुगेको छ ।