बिर्तामोड । कोरोना संक्रमण देखिएका झापा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलाई आइसियुमा भर्ना गरिएको छ ।

उनको अबस्था गंभीर रहेकाले आईसियुमा भर्ना गरिएको बिएण्डसी हस्पिटलले जनाएको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

कोरोना संक्रमण भएपछि उनलाई दुई दिनअघि बिएण्डसीमा भर्ना गरिएको थियो । बिएण्डसी हस्पिटलमा अहिले १४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

उनलाई वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो । स्वास प्रश्वासमा समस्या आएपछि उनलाई बिएन्डसी अस्पताल लगिएको हो ।