झापा । पछिल्लो २४ घण्टामा झापाका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १४ जना महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी दमक नगरपालिकाका २५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ६ महिला र १९ जना पुरुष रहेका छन् । यस्तै, कमल गाउँपालिकामा ४ महिला र ३ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी हल्दिबारी गाउँपालिकामा ३ जना महिला, मेचीनगर र गौरीगञ्जका १-१ जना पुरुष तथा पालिका नखुलेका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए ।

योसँगै सक्रिय संक्रमितको संख्या ४४८ जना रहँदा निको भएर फर्किनेको संख्या ४ हजार ५२९ रहेको छ । झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३४ पुगेको छ ।