काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा संक्रमित पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ ।

१६ हजार ६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७ हजार ३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ । यही अवधिमा थप २ हजार २१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४०४१ रहेको छ ।