झापा । पछिल्लो २४ घण्टामा झापाका १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५९ जना महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ३७ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १९ महिला र १८ जना पुरुष रहेका छन् । यस्तै, दमक नगरपालिकामा २७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ८ जना महिला छन् ।

यसैगरी, भद्रपुर नगरपालिकामा २३ जनामा संक्रमण पुष्टि भएको छ । ८ महिला र १५ पुरुषमा संक्रमण भएको हो । यस्तै, मेचीनगरमा ६ महिलासहित १४ जना, गौरादहमा ३ महिलासहित १२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

कोभिड फोकल पर्सन जीवन चम्लागाईका अनुसार अर्जुनधारामा ४ महिलासहित ११ जना, कनकाईमा ५ महिलासहित १० जना, कमलमा १ महिलासहित ६ जना, बुद्धशान्ति र हल्दिबारीमा २-२ जना महिला, शिवसताक्षी र बाह्रदशीमा २-२ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । गौरीगञ्जका एक जना पुरुष पनि संक्रमित भएका छन् ।

आज नै दमक ५ की एक ५६ वर्षीया बृद्धाका उपचारको क्रममा धरानमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै मृत्यु हुनेको संख्या १३५ पुगेको छ ।

यसैगरी, कुल संक्रमितको संख्या ५ हजार २६० जना पुगेको छ भने ५८० जना सक्रिय संक्रमित भइ उपचाररत छन् । उपचारपछि निको हुने ४ हजार ५४५ जना रहेका छन् ।