बिर्तामोड । गएराति चट्याङले लागेर झापाको किचकबध प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको मृत्यु भएको छ ।

राति १० बजेतिर साइकलमा रात्रि गस्ती गर्दै गर्दा वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा दुईजना रहेका थिए ।

सँगै रहेका प्रहरी हवल्दारलाई केही नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।