बिर्तामोड । झापामा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी ८ का ७० बर्षिय नरप्रसाद उप्रेती रहेका छन् । उनको हिजो साँझ बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

उप्रेतीलाई पाँच दिनअघि उपचारका लागि काठमाडौबाट हेलिकोप्टरमार्फत बिएण्डसी अस्पताल ल्याइएको थियो । योसँगै कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको सँख्या १३६ पुगेको छ ।