झापा । पछिल्लो २४ घण्टाभित्र झापामा १६२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७० जना महिला र ९२ जना पुरुष छन् ।

सबैभन्दा बढी बिर्तामोडका ३८ सहित आज झापामा १६२ जनामा संक्रमण पुष्टि भएको हो । बिर्तामोडका १८ महिला र २० पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तै, भद्रपुरमा ३७ जना छन् । जसमा १७ महिला र २० पुरुष हुन् । दमकमा १३ जना छन् । जसमा ४ महिला र ३ पुरुष छन् । मेचीनगरमा पनि १७ जना छन् । जसमा ७ महिला र १० जना पुरुष हुन् ।

यसैगरी, गौरादहमा ६ महिला र ६ पुरुष, कनकाईमा ३ महिला र ८ पुरुष, हल्दिबारीमा ६ जना पुरुष, अर्जुनधारामा ४ महिला र २ पुरुष, कमलमा ६ महिला र २ पुरुष, शिवसताक्षी र बुद्धशान्तिमा मा २-२ महिला र १-१ पुरुष, बाह्रदशीमा १ महिला र १ पुरुष, गौरीगञ्जमा १ पुरुष र पालिका नखुलेका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

दिनप्रतिदिन जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ । हिजो १४८ जनामा संक्रमण देखिएको थियो । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३६ पुगेको छ ।