बिर्तामोड । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको स्वास्थ्य गम्भीर बन्दै गएकाे छ ।

कोरोना संक्रमण भएपछि विगत पाँच दिनदेखि उपचाररत उनकाे स्वास्थ्यमा खासै सुधार नआएको अस्पतालले जनाएको छ ।

उनलाई बैशाख १७ गते बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो । आइसियुमा भर्ना गरिएका खाम्याहाङको अबस्था गंभीर रहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

उनलाई हिजोदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनलाई वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।