झापा । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण एक जना महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।
मेचीनगर-६ स्थित काँकरभिट्टाकी ५८ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । क्यान्सर पीडित ती महिलाको केहि दिनअघि बिर्तामोडस्थित वीएन्डसी अस्पतालमा उपचार गर्दा एन्टिजेन पोजेटिभ देखिएको थियो ।
पित्त थैलीमा क्यान्सर भएकी उनको एन्टिजेन देखिएपछि उनी घर आएकी थिइन् । कोरोना हो वा होइन कन्फ्रम गर्न यहि वैशाख १९ गते मेची अस्पताल भद्रपुरमा पीसीआर परीक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि घरैमा बसेकी थिइन् । उनको आज विहान ६ वजे घरैमा मृत्यु भएको थियो । उनका श्रीमानको एक वर्षअघि नै निधन भईसकेको छ । उनका २ जना छोराहरु छन् । एक जना छोरा पनि संक्रमित छन् । मेची अस्पतालमा तीनै जनाको पीसीआर परीक्षण गर्दा एउटा छोराको पनि कोरोना पोजेटिभ देखिएको थियो ।
मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङले चारआली स्थित नयाँ श्रीनाथ गणका नेपाली सेनाले दिउसो मेची खोलामा शवको व्यवस्थापन गर्ने जानकारी दिए ।