काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर २ हजार ७ सय ७ जना घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २७ सय ७ जना निको भएका हुन् ।
यो सँगै निको भएका केसहरु २ लाख ९२ हजार ४ सय ९० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक अनुसार निको भएकाहरुको प्रतिशत ७९.३६ रहेको छ ।
यस्तै सोही अवधिमा देशभरका प्रयोगशालामा गरिएको २० हजार ३ सय ६७ पीसीआर परीक्षणबाट ९०७० जनामा कोरोना संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट गरिएको ७ सय ७५ परीक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।