झापा । पछिल्लो २४ घण्टामा झापामा १३५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामध्ये ५४ जना महिला र ८१ जना पुरुष छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोडका २५ जना संक्रमित छन् । जसमा १३ महिला र १४ जना पुरुष संक्रमित भएका हुन् ।
यस्तै, दमक र कनकाई नगरपालिकाका २०-२० जनामा पनि संक्रमण पुष्टि भएको छ । दमकमा ६ महिला र १४ जना पुरुष तथा कनकाईमा ११ महिला र ९ पुरुषमा संक्रमण भएको हो ।
भद्रपुर नगरपालिकामा ७ महिला र १० पुरुष, गौरादह र मेचीनगरमा समान ३-३ महिला र ६-६ जना पुरुष, कमल गाउँपालिकामा ३ महिला र ४ पुरुष, अर्जुनधारामा १ महिला र ४ पुरुष, हल्दिबारीमा १ महिला र ५ पुरुष, शिवसताक्षीमा २ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिएका छन् ।
यसैगरी, बुद्धशान्तिमा २ महिला र ४ पुरुष, कचनकवलमा २ पुरुष, बाह्रदशीमा १ महिला र १ पुरुष, ठेगाना नखुलेका १ महिला र २ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको जनाइएको छ ।
यो सँगै झापामा ५ हजार ९२५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कोरोनालाई जितेर ४ हजार ५७६ जना घर फर्किएका छन् । विभिन्न आइशोलेसनमा १ हजार २०३ जनाको उपचार भइरहेको छ ।
२४ घण्टाभित्र झापाकी २ जना महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । दमक ३ की ३१ वर्षीया महिला र गौरादह ४ की ५० वर्षीया महिलाको ज्यान गएको हो । यो सँगै मृतकको संख्या १४६ पुगेको छ ।