माई (इलाम) । इलामको दक्षिणी नगरपालिका माईका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।
नगरपालिकाका ३ कर्मचारीसहित १३ जनामा शनिबार कोरोना सक्रमण पुष्टि भएको हो । कर्मचारी, जनप्रतिनिधि र समुदाय तहमा रहेका व्यक्तिसहित १६ जनाको पिसीआर परीक्षण गर्दा शनिबार १३ जनाको पोजेटिभ रिपोर्ट आएको माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।
माई नगरपालिकाले संक्रमण बढेको भन्दै बैशाख ३१ गतेसम्म अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेको छ ।