इलाम । कोराना संक्रमण भएका इलाम चोक बजारका एक पुरुषको शनिबार राति मृत्यू भएको छ ।
बैशाख २४ गते झापाको बिएण्डसीमा उपचारका क्रममा गएका बेला कोरोना भाइरस पोजेटिभ देखिएका ६९ वर्षीय उनी होम आइसोलेशनमा बस्दै आएका थिए । गएराति स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि झापातर्फ लैजाँदै गर्दा उनको मृत्यू भएको जनाइएको छ ।
अहिले उनको शव इलाम अस्पतालको आइसोलेशन अगाडि एम्बुलेन्समै राखिएको छ । माइखोलामा अन्त्यष्टि गर्ने तयारी भइरहेको छ । नेपाली सेनाले उनको अन्त्यष्टि गरिने बताइएको छ ।
इलाममा योसँगै कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या ५ पुगेको छ । चुलाचुली गाउँपालिकाका २ जना र इलाम नगरपालिकाका ३ जनाको मृत्यू भएको छ । इलाममा शनिबारसम्ममा संक्रमितको संख्या १३४ पुगेको छ ।