ताप्लेजुङ । ताप्लेजुङमा आइतबार नयाँ ३२ जनासहित ४४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख समेतको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यालयकी स्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार एक सय दुई जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्न पठाएकोमा नयाँ ३२ सहित ४४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नयाँ बाहेकका १२ जनामा यसअघि सङ्क्रमित भएका सात जनाको पुनः परीक्षण रिपोर्ट पोजेटिभ आएको र एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका पाँच जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ नै आएको जनस्वास्थ्य अधिकृत खरेलले बताउनुभयो ।