झापा । पछिल्लो २४ घण्टामा दमकका ५५ जनासहित झापामा १५२ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३२ जना एन्टिजेन्टका पोजेटिभ रहेका छन् ।

पीसीआर परीक्षणबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा ५४ महिला र ६६ जना पुरुष रहेका छन् । सबैभन्दा बढी दमकका २६ महिला र २९ जना पुरुष रहेका छन् ।

यस्तै, मेचीनगरका १० महिलासहित २० जना, भद्रपुरका ५ महिलासहित ११ जना, अर्जुनधाराका ३ महिलासहित १० जना, बिर्तामोडका ३ पुरुष, कमलका १ महिलासहित ६ जना, शिवसताक्षीकी ३ महिला, गौरादहका १ महिलासहित ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, बुद्धशान्ति र बाह्रदशीका २-२ महिला, कचनकवलका एक महिला र पालिका नखुलेका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिएका छन् ।

यो सँगै झापामा ६ हजार २३४ जना कुल संक्रमित भएका छन् भने ४ हजार ६ सयले कोरोना जितेका छन् । एक हजार ४८६ जना विभिन्न आइशोलेसनमा उपचाररत छन् ।

आजै २ जना झापालीले ज्यान गुमाएका छन् । शिवसताक्षी ९ का ७७ वर्षीय पुरुष र बिर्तामोड ८ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।