पाँचथर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले निषेधाज्ञा जारी गरेका छन् ।

सोमबार राति १२ बजेदेखि जेठ ३ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाइएको हो । वैशाख २० देखि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भने एक साताका लागि थप गरेको छ ।

वैशाख २७ गते रातिदेखि जेठ ३ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको हो ।

ताप्लेजुङमा भने फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङमा मात्रै निषेधाज्ञा लगाइएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेद्वारा जारी आदेशमा अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ ।

ताप्लेजुङमा सोमबारसम्म १४५ र पाँचथरमा ३७ जना सक्रिय संक्रमित छन् ।