बिर्तामोड । इलामका एक कोरोना संक्रमितको आज मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम नगरपालिका वडा नं ५ का बराइली थरका ८९ वर्षिय बृद्ध रहेका छन् । उनको आज बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै इलाममा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।