बिर्तामोड । झापामा मंगलबार १७० जना नयाँ संक्रमित थपिएका छन् । थपिनेमा ६० महिला र ११० पुरुष छन् । त्यसमध्ये २२ महिला र २७ पुरुष एन्टीजेनका रहेका छन् ।

संक्रमितमध्ये भद्रपुरमा सबैभन्दा बढी १८ महिला र ४२ पुरुष गरी ६० जना संक्रमित देखिएका छन् । त्यस्तै मेचीनगरमा ५ महिला, १४ पुरुष संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालयले बिर्तामोडमा ७ महिला र ४ पुरुष गरी ११ जना र एन्टिजेनमा १ पुरूष संक्रमित थपिएको तथ्यांक दिएको छ । जबकि बिर्तामोड नगरपालिकाले मंगलबार १५ महिला र ९ पुरुष गरी २४ जना संक्रमित थपिएको जनाएको छ ।

यस्तै अर्जुनधारामा १ महिला र २ पुरुषमात्र संक्रमण भनिए पनि नगर स्वास्थ्य शाखाले ३२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । जसमा १६ जना एन्टिजेन पोजेटिभका रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार दमकमा ४ पुरुष, हल्दीबारीमा २ महिला, १ पुरुष, बुद्धशान्तिमा ३ महिला, ८ पुरुष, कचनकवलमा १ महिला, ६ पुरुष, कमलमा १ महिला, १ पुरुष र ठेगाना नखुलेका एक पुरुष रहेका छन् ।

योसँगै झापामा सक्रिय संक्रमितको सँख्या १ हजार ८३९ पुगेको छ । कूल संक्रमितको सँख्या ६ हजार ६६७ पुग्दा ४ हजार ६७४ जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।