बितामोड । झापामा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर ४ का राजवंशी थरका ४८ वर्षिय पुरुष रहेका छन् । उनको आज दिउँसो ४.४५ बजे मृत्यु भएको हो ।

बिर्तामोडको बिएण्डसी हस्पिटलबाट मेची अस्पताल पु¥याउनासाथ उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका मनोज भट्टराईले बताए ।

योसहित आजै झापामा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १५९ पुगेको छ ।