धुलाबारी । कोरोना संक्रमणका कारण मेचीनगरमा दुई जनाको गएराति मृत्यु भएको छ ।

मृत्यु हुने दुवै जना मेचीनगर वडा नं १० का स्थानीय रहेको वडा अध्यक्ष सुवेशकुमार पनेरुले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा मेचीनगर १० का ३९ बर्षिया महिला र ६६ बर्षिय पुरुष रहेका छन् ।

दुवै जनाको हिजो बेलुका करीब ८ बजेको समयमा मृत्यु भएको हो । महिलाको मेची कोभिड अस्पताल भद्रपुरमा र पुरुषको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारकै क्रममा मृत्यु भएको हो ।

योसंगै दोस्रो लहर शुरु भएयता मेचीनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यस अघि मेचीनगर ६ का ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।