काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ ।

२० हजार तीन सय ६२ जनाकाे पीसीआर र चार सय २४ जनाकाे एन्टिजेनमार्फत परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ ।