विराटनगर । प्रदेश १ मा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ६ सय १४ पुगेको छ ।

दैनिक संक्रमितको संख्या बढ्दै गएको प्रदेशमा बिहीबार १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्बुमा २०, धनकुटामा १७, भोजपुर र उदयपुरमा ९-९, इलाममा ५, पाँचथरमा ३, तेह्रथुममा २, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका ३६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ हजार ८५६ पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ६२७ संक्रमणमुक्त भएका छन् । बिहीबार मात्रै १५७ जना संक्रमणमुक्त भएका छन् ।

यस प्रदेशमा बिहीबार २ हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४४० महिला र ५९९ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।