झापा । पछिल्लो २४ घण्टाभित्र झापामा २१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा १९९ जना पीसीआर र १४ जना एन्टिजेन परीक्षणबाट पोजेटिभ आएको हो ।

संक्रमितमध्ये ९१ जना महिला छन् । सबैभन्दा बढी दमकका ४४ जनामा संक्रमण पुष्टि भएको हो । जसमा २० महिला र २४ पुरुष छन् । यस्तै, मेचीनगरका १६ महिलासहित ३९ जना, बिर्तामोडका १९ महिलासहित ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैगरी, भद्रपुरमा ४ महिलासहित १८ जना, कनकाईमा ९ महिला र ९ पुरुष, अर्जुनधारामा ४ महिलासहित १६ जना, बुद्धशान्तिमा ८ महिलासहित १४ जना, शिवसताक्षीमा ४ महिलासहित ९ जना, कचनकवलमा २ महिलासहित ६ जनामा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका छन् ।

यस्तै, हल्दिबारीमा १ महिलासहित ५ जना, बाह्रदशी र झापा गाउँपालिकामा १-१ जना महिला र पालिका नखुलेका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यो सँगै कुल संक्रमित संख्या ८३७३ पुगेको छ भने निको हुनेको संख्या ४७५५ जना रहेका छन् । यस्तै, सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या २४६५ रहेको छ ।

आज अर्जुनधाराका ५२ वर्षीय पुरुषको निधन भएको छ । यो सँगै कोरोनाबाट निधन हुनेको संख्या जिल्लामा १७१ पुगेको छ ।