झापा । सुनसरी र पाँचथरमा करेन्ट लागेर शनिबार २ जनाको मृत्यु भएको छ ।

आज (शनिबार) बिहान ९ बजे सुनसरी गढी गाउँपालिका २ औराबनी का ३५ बर्षीय अरुण चौधरीको ईनरुवा ७ बलाहा छेउमा रहेको ओम शक्ति प्लाई फ्याक्ट्रीमा काम गर्ने क्रममा करेन्ट लागी घाइते भएको थियो । उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा बिहान साढे ९ बजे मृत्यु भएको छ ।

त्यस्तै आज दिउँसो साढे ११ बजे पाँचथर याङबरक ५ का २२ वर्षीय रोमी लिम्बूको घर बनाउने मजदुरको काम गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो ।

घाइते भएका उनको उपचारको क्रममा झापाको बिएन्डसी अस्पतालमा उपचारका क्रममा दिउसो १२ः१५ बजे मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।