झापा । झापाको झापा गाँउपालिका २ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाँउपालिका २ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा १ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन ।

निषेधाज्ञाका क्रममा पैदल हिडिरहेका तीनै जनालाई हिजो राति साढे ८ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम ब्राउन सुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजारसमेत फेला प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनाविरुद्धजिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।