झापा । काठमाडौं विश्वविद्यालय (केयु)ले झापास्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ ।

केयुका रजिष्ट्रार प्राडा सुवोध शर्माले सिट संख्यासहित स्वीकृतिका लागि आयोगलाई जेठ २ गते पत्राचार गरेको पत्रमा उल्लेख गरिएको छ । विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले कलेजको प्रारम्भिक निरीक्षण गरेको जनाइएको छ ।

निरीक्षण प्रतिवेदनअनुसार बिएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लािग आयोगबाट आवश्यक निर्णय गरिदिन पत्रमा उल्लेख छ ।